कतिमा सुनचाँदी बिक्री भइरहेको छ ?

काठमाडौं म‌ंसिर २७ ।

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य अवस्था स्थिर नै रहेको छ ।

बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ५९ हजार ५०० रुपैयाँको भएको थियो भने अाज पनि सुन प्रतितोला ५९ हजार ५०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सु्नचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै बुधबार तेजावी सुन प्रतितोला ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने अाज पनि सुन प्रतितोला ५९ हजार २०० रुपैयाँमै कारोबार भइरहेको छ ।

बुधबार चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भएको थियो भने अाज पनि बजारमा चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्