चलचित्र ‘मदहोस’को ‘दिलको पिँजडा’ गीतको भिडियो सार्वजनिक

नेपाली कथानक चलचित्र मदहोसको ‘दिलको पिँजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ।

राजु पौड्यालको प्रस्तुतिमा रश्मी शाक्यद्वारा निर्मित चलचित्र ‘मदहोस’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । एस के अधिकारिको गीत, बाबुल गिरिको संगीतमा नित्या शिवा र बाबुलकै आवाज रहेको छ, प्रियंका अधिकारी र दिपेन्द्र कोइराला फिचरिङ रहेको छ ।

सो गीतमा राजु शाहको नृत्य, विक्रम कार्कीको छायांकन देव महर्जनको द्वन्द रहेको छ । चलचित्र ‘मदहोस’मा सन्तोष श्रेष्ठ, कसिस दाहाल, राजु पौड्याल, हेम लता घिमिरेको अभिनय रहेको ‘मदहोस’मा एस के अधिकारीको लेखन र निर्देशन रहेको छ।

आगामी नयाँवर्षमा रिलिज गर्ने लक्ष्यसहित पोष्टको काम भएको निर्माण पक्षले बताएको छ ।

हेर्नुहोस् चलचित्र ‘मदहोस’ को ‘दिलको पिजडा’ गीतको

कमेन्ट गर्नुहोस्