मान्छे होइन अब यातायातका साधन बोक्न थाले तुइन !

काठमाडौं, मंसिर २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक भन्ने गरेका छन् अब नेपालमा तुइन छैनन् । यसको अर्थ अब नेपाल तुइनमुक्त देश भइसकेको छ । तर, अहिले पनि धेरै जिल्लामा तुइन छन् । र, स्थानीय त्यसकै सहायताले वारपार गर्छन् ।

मानिसमात्र होइन अहिले त यातायात पनि तुइनकै माध्यमबाट वारपार गरिन थालिएको छ । यस्तै दृश्य डोल्पाको त्रिपुराकोट–५ खदाङस्थित भेरी नदीमा । भेरी नदी माथि रहेको तुइन मार्फत स्थानीयले ट्याक्टर तारेका छन् ।

त्रिपुराकोट–जाजरकोट–डोल्पा सडकखण्ड अन्तरर्गत तुइनमार्फत यातायातका साधन तार्दै । तस्वीरः रासस

कमेन्ट गर्नुहोस्