प्रकाश घिसिङको संगीतमा ‘तिमीलाई जति माया’ गीत सार्वजनिक (भिडियोसहित)

सुगम संगीतकी नयाँ गायिका पुर्णिमा लामाको आवाजमा सजिएको ‘तिमीलाई जति माया’ गीतको भिडियो बजारमा आएको छ ।

आधुनिक सुगम संगीतको क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका हुन पुर्णिमा ।स्मृति पाख्रिनको शब्द, प्रकाश घिसिङको संगीत गीतमा रहेको छ । गीतको एरेन्ज डोलराज बाह्रघरे मगरले गरेका छन्।

आफनी मायालु प्रेमिकाको लागी निकै दुःख गरेर परिश्रम गरेका प्रेमी प्रकाश आफ्नी सपनाकी राजकुमारीलाई माया गर्न जस्तोसुकै काम गर्न पनि तयार रहेको भिडियोमा देखाइएको छ ।

मुकेश हुमागाईंको छायाँकन, प्रदिप दाहालको सम्पादन, जनक सिंहको निर्देशन भिडियोमा रहेको छ ।

मार्मिक गीत ‘तिमीलाई जति माया’ मा प्रकाश घिसिङ, रश्मी बडतौला र केवल भण्डारीको अभिनय रहेको छ । हेर्नुहोस् ‘तिमीलाई जति माया’ गीतको भिडियो–

कमेन्ट गर्नुहोस्