गायिका पाण्डेको नयाँ देउडा ‘बिर्सिन आँटीकी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, मंसिर २७ । गायिका माया पाण्डेको पहिलो देउडा कोसेली सार्वजनिक भएको छ । उनको पहिलो लोक देउडा गीत ‘बिर्सिन आँटीकी..’ सार्वजनिक भएको हो ।

बाल्यकालदेखि नै गीत गाउने रहर पालेकी गायिका पाण्डेको सपना भने बल्ल पूरा भएको छ । उनले यो गीत बजारमा ल्याउन निकै संघर्ष गर्नु पर्यो । मिठो स्वर भएपनि विविध कारणले गर्दा स्रोता-दर्शकमाझ गीत ल्याउन ढिलाई भएको गायिका पाण्डेले बताइन् ।

पाण्डेसँगै यो गीतमा चर्चित देउडा गायक लालबहादुर धामी ‘अछामी बड्डो’ ले पनि स्वरमा साथ दिएका छन् । गायिका पाण्डेकै शब्द रहेको गीतमा राजेन्द्र शाह ‘विपी’ले संगीत दिएका छन् । यो गीतको भिडियोमा भिम थापा र कमला पुनले मुख्य भूमिका निर्वाह गरेका छन् ।

भिडियोको छायांकन हरिश महरा, निर्देशन भिम थापा र एरेन्जिङ बिनोद बाजुरेलीले गरेका हुन् । म्युजिक नेपालले युट्युबमार्फत सार्वजनिक गायिका पाण्डेको यो गीतलाई खप्तड डिजिटल प्रा.लिले बजारमा ल्याएको हो । यो गीतको भिडियोलाई कञ्चनपुरका विभिन्न स्थानमा खिचिएको हो ।

बझाङको खप्तड छान्ना गाउँपालिका कालुखेती माइती घर भएकी गायिका पाण्डे बाजुराको हिमाली गाउँपालिकाकी बासिन्दा हुन् । लगत्तै अब उनको ‘रंगी चरी’ बोलको लोक देउडा पनि बजारमा आउने छ ।

कमेन्ट गर्नुहोस्