खानेपानी मन्त्रीद्वारा विद्यालयलाई एक लाख आर्थिक सहयोग

कञ्चनपुर, मंसिर २७ । खानेपानी मन्त्री बीना मगरले कञ्चनपुरको बेलौरीमा सञ्चालित श्री सरस्वति माध्यमिक विद्यालयलाई एक लाख एक हजार एक सय रुपैयाँ आर्थिक सहयोग गर्ने भएकी छन् ।

सो विद्यालयलाई सुविधा सम्पन्न स्मार्ट विद्यालय बनाउने उद्देश्यले बेलौरीमा आयोजित शैक्षिक तथा धार्मिक महोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मगरले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

उनले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न थप सहयोग गर्दै जाने बताइन् । विद्यालयको भौतिक पूर्वाधार निर्माणमासमेत सहयोग जुटाउने मन्त्री मगरले प्रतिवद्धता जनाइन् । त्यस्तै, उनले विद्यालयका लागि आवश्यक पर्ने खानेपानीको आपूर्ति व्यवस्था मिलाउनसमेत रकम विनियोजन गर्ने आश्वासन दिइन् ।

स्मार्ट विद्यालय तथा उच्च मावि सञ्चालन गर्ने उद्देश्यले बेलौरीमा आजदेखि शैक्षिक तथा धार्मिक महोत्सव सुरु भएको छ । उक्त महोत्सव पुस ५ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्