समाजलाई केन्द्रीकृत गर्न सहकारीको ठूलो योगदान छः खानेपानी मन्त्री मगर

कञ्चनपुर, मंसिर २७ । खानेपानी मन्त्री बीना मगरले विकेन्द्रित भईरहेको समाजलाई केन्द्रीकृत गर्न सहकारी संस्थाहरुले ठूलो योगदान दिइरहेको बताएकी छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा अवस्थित दलित बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले समाजलाई केन्द्रीकृत गरी सहकारी संस्थाहरुले सकारात्मक सन्देश दिईरहेको बताएकी हुन् ।

साधारण सभाको उद्घाटन गर्दै उनले भनिन्, “हाम्रो समाज विकेन्द्रित भईरहेको छ । यस्तो अवस्थामा सामूहिकतामा काम गर्ने अभ्यास सहकारी संस्थाहरुले गरिरहेका छन् । सामूहिक लगानी, सामूहिक उपलब्धि र समस्याको सामूहिक हल खोज्ने राम्रो माध्यम सहकारी बनेको छ ।”

उनले समुदायका व्यक्तिहरुलाई एकै ठाउँमा गोलबन्द गरी सहयोगको भावना जागृत गराउन सहकारीले महत्वपूर्ण संस्कार अँगालेको बताइन्। सामूहिकतामा काम गर्ने अभ्यास सहकारीले गरेको भन्दै उनले विपन्न वर्गका समुदायको जीवनस्तर माथि उकास्न सहकारीको भूमिका अतुलनीय रहेको जिकिर गरिन् । सहकारीलाई नकारात्मक ढंगबाट मात्रै नबुझ्न उनले सबैलाई आग्रह गरिन् ।

कमेन्ट गर्नुहोस्