कर्मचारीमा बिभेद हुनु हुँदैनः उपप्रमुख भट्ट

धनगढी, मंसिर २७ । कैलालीको धनगढी उपमहानगरपालिकाकी उप प्रमुख सुशीला मिश्र भट्टले कर्मचारीहरु माथि बिभेद हुन नहुने बताएकी छन् ।

बिहीबार स्थानीयतह कर्मचारी यूनियनकको ज्ञापनपत्र बुझ्दै उपप्रमुख भट्टले यस्तो धारणा राखेकी हुन् । उनले कर्मचारीको मनोवल घटाउने गरि सरकारले कुनैपनि काम गर्न नहुने बताइन् ।

उनले भनिन्, ‘कर्मचारीका मागका बारेमा मैले कुरा उठाउँदै आएकी छुँ, फेरी पनि सम्वन्धित ठाउँमा यो कुरा पुर्याउँछु ।’ सरकारले ल्याएको कर्मचारी समायोजन सम्वन्धी ऐनले आफुहरु माथि बिभेद गरेको भन्दै स्थानीय तह ट्रेड यूनियन संयुक्तले संयुक्त रुपमा आन्दोलन थालेका छन् । स्थानीय तहका कर्मचारीहरुले आफुहरुलाई अन्याय हुने गरि ऐन ल्याएको गुनासो गरेका छन् ।

धनगढी उपमहानगरपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्र सिंह कार्कीले निजामती कर्मचारी र स्थानीय तहका कर्मचारीबिचमा सरकारले नै सौतेलो ब्यावहार गरेको आरोप लगाए ।

स्थानीयतह ट्रेड यूनियन संयुक्त आन्दोलन परिचालन समितिले पौष ६ गतेबाट ७ गतेसम्म पहिलो, पौष ८ गतेबाट १३ गते सम्म दोश्रो र पौष १५ गतेबाट २० गते सम्म तेश्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

कमेन्ट गर्नुहोस्