‘गुगल’मा ‘इडियट’ शब्द खोज्दा देखिन थाल्यो ट्रम्पको तस्बिर !

वासिंगटन, मङ्सिर २७ । प्रसिद्ध ‘सर्च इन्जन’ ‘गुगल’मा अंग्रेजी शब्द ‘इडियट’ सर्च गर्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको तस्बिर देखिन थालेको छ । यो आरोप ‘गुगल’का प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईसँग एउटा सुनुवाईको क्रममा अमरिकी सांसदहरूले लगाएका छन् ।

केही दिन अघि देखि गुगलमा ‘इडियट’ शब्दको अंग्रेजी हिज्जे ‘idiot’ टाइप गरे राष्ट्रपति ट्रम्पको तस्बिर आउने गरेको समाचार सार्वजनिक भएको थियो ।

उक्त सुनुवाईमा सांसदहरूले गुगलका प्रमुख कार्यकारीलाई यसो हुनु ‘राजनैतिक पक्षपात’को उअहरण हो या हैन भन्ने समेत प्रश्न गरेका थिए ।

याे पनि पढ्नुस  ट्र्म्पद्वारा पुटिनसँगको प्रस्तावित बैठक रद्द, तनाव झन बढ्याे

केही दिन यता गुगलको सर्च इन्जिनमा ‘इडियट’ सबैभन्दा बढी खोजिने शब्द बनको गुगल ट्रेण्डसले जनाएको छ ।

रिपब्लिकन सांसद जो लोफ्ग्रेनले यसो हुनुको कारणबारे पिचाईसँग उत्तर मागेका थिए ।

पिचाईले गुगलको सर्च नतिजा अर्बौं किवर्ड्सका आधारमा हुने भएकाले यसमा कम्पनीको कुनै पनि हात नहुने कुरा स्पष्ट पारेका थिए । उनका अनुसार यारी नतिजा खोइज्दा लोकप्रियता र प्रासंगिकता जस्ता दुई सय भन्दा बढी मानकको आहारमा नतिजा निर्धान हुने गर्दछ ।

याे पनि पढ्नुस 
गुगलका सीइओ सुन्दर पिचाई

कतिपय रिपब्लिकन सांसदहरूले उनीहरूले आफ्नो पार्टीको स्वास्थ्य विधेयकबारे खोज्न थाल्दा नकारात्मक नतिजा देखाउने समेत गुनासो गरेका थिए ।

यसबारेमा सफाई दिंदै पिचाईले गुगलमा ‘गुगल’ शब्द खोज्दा समेत नकारात्मक नतिजा आउने गरेको बताए ।

यसो हुनुमा ब्रिटेनको हात !

‘इडियट’ शब्दसँग राष्ट्रपति ट्रम्पको सबंध जिओदिएको यसै वर्ष देखि हो । जुलाई महिनामा राष्ट्रपति ट्रम्प ब्रिटेनको भ्रमणमा गएका बेला भएको विरोधसँग यस कुराको सम्बन्ध रहेको बताइएको छ ।

याे पनि पढ्नुस  भाषण गर्न नजान्ने नेताका कारण विश्वमा बढ्याे खतारा

ब्रिटिश प्रदर्शनकारीहरूले ‘अमेरिकन इडियट’ भन्ने एउटा गीतलाई ब्रिटेनमा सर्वाधिक भिराल गराएका थिए ।

त्यस पछि रेडिट वेबसाइटमा प्रयोगकर्ताहरूले ट्रम्पको बारेमा थुप्रै लेखहरू लेखे जसमा ट्रम्पको छेउमै इडियट शब्द लेखिएको थियो ।

उनीहरूले सर्च इन्जिनको डाटाबेसलाई प्रभावित गर्ने प्रयास गरेको बुझिएको छ जसलाई प्राविधिक भाषामा ‘गुगल बम्बिङ’ भन्ने गरिन्छ ।

 

कमेन्ट गर्नुहोस्