नेपालमा तीनवटा दरका भारतीय नोट नचल्ने

काठमाडौं, मंसिर २७ । नेपालमा अब दुई सय, पाँच सय र दुई हजार दरका भारतीय नोट नचल्ने भएका हुन् । यही सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई सय, पाँच सय र दुई हजार दर भारतीय नोट प्रयोगमा रोक लगाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बासकोटाले यी तीन दरका भारतीय नोट प्रयोग नगर्न सर्वसाधरणलाई आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्