आज नेपाल आइडल ९ः३० बजेदेखि शुरु

काठमाडौं, मंसिर २७ । नेपाल आइडल सिजन–२ को आजको अंक निर्धारित समयभन्दा ढिला शुरु हुने भएको छ । बिहीबारको अंक ९ः३० बजेदेखि शुरु हुने आयोजक एपी वान टेलिभिजनले जनाएको छ ।

आजको अंक प्राविधिक कारणले गर्दा निर्धारित समयमै प्रसारण गर्न नसकिएको बताइएको छ । बिहीबार बाँकी रहेका चार प्रतिस्पर्धीले फाइलका लागि प्रस्तुति दिदैं छन् ।

रवि ओड, बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारी आइडलको फाइनलमा पुगेका छन् । उनीहरुबाट एकप्रतिस्पर्धी आउँदो हप्ता आइडल घोषित हुने छ । यो पटक एक हप्ताका लागि भोटिगं लाइन खुला हुनेछ ।

कमेन्ट गर्नुहोस्