पाल्पामा जीप दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

पाल्पाको पूर्वखोला गाउँपालिका–२, जल्पामा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। जल्पाबाट बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बरको जीप बिहीवार राती दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका छन्। घाइतेलाई स्थानीयले उद्दार गरि युनाइटेड मिसन अस्पताल पाल्पामा उपचारका लागि पठाइएको छ। 

याे पनि पढ्नुस  एकाबिहानै कारको ठक्करबाट बाघको मृत्यु

रातीको समय भएको र उद्दारमा समेत अप्ठ्यारो परेको वडाध्यक्ष नीरबहादुर सारुले बताए। दुर्घटना भएको र आफूहरु पुग्नेक्रममा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए। आर्गिडाँडा ओढारे भन्ने स्थानमा जीप सडकबाट झण्डै ५ सय मिटर तल खसेको घटना स्थलमा पुगेका जल्पाका वडा अध्यक्ष नीर बहादुर सारुले बताए।

याे पनि पढ्नुस  गाउँमा पहिलो पटक जीप पुगेपछि चालक सम्मानित

दुर्घटनामा परी घटनास्थलमै ४ जनाको निधन भएको सारुले बताए। मृतकहरुको सनाखत हुन सकेको छैन। दुर्घटनास्थल भीर भएकोले अन्य यात्रुहरु समेत अड्किएको हुन सक्ने भन्दै खोजी तिव्र पारिएको बताइएको छ। 

Feature image: symbolic only

कमेन्ट गर्नुहोस्