बाराको सिम्रौनगढमा निर्धन उत्थान संस्थाद्वारा ब्यवसायिक माछापालन तालिम सम्पन्न

काठमाडौं, मंसिर २८ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफना ३० जना ग्राहक सदस्य तथा अभिभावकहरुको सहभागितामा मंसिर २५ गतेदेखि २७ गतेसम्म बाराको सिम्रौनगढमा ‘ब्यवसायिक माछापालन तालिम’ सम्पन्न गरेको संस्थाका सिम्रौनगढ शाखा कार्यालयका शाखा प्रमुख श्री हसमुदिन मियाले जानकारी गराएका थिए ।

यस तालिममा प्रशिक्षकहरु विकासकुमार साह र डा.हेमचन्द्र जैसवार रहेका थिए ।

एक परिवारमा एकजना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइरहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका कार्यक्रम अधिकृत अजिमुल्लाह दर्जिले बताएका थिए ।

तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा संस्थाका सिम्रौनगढ शाखा कार्यालयका प्रमुख हसमुदिन मियालले प्रकाश पारेका थिए ।

माछापालन तालिममा तालिम कार्यक्रमको महत्व, उद्देश्य र संचालन प्रक्रिया, सहभागीहरुको पूर्व अनुभव र हालको अपेक्षा, नेपालमा मत्स्यपालनको अवधारणा, यसको विकास र संभावनाहरु, पोखरीमा पालनयोग्य माछाका जातहरुको पहिचान, जातीय गुण र स्वभाव, ब्यवसायिक मत्स्यपालनका आधारभूत पक्षहरु, मत्स्यपालनका तरिकाहरु (एक जातीय, बहुजातीय तथा एकीकृत मत्स्यपालन) र यसको उपयोगिता, (माथिल्लो तहमा बस्ने माछा, बीचको तहमा बस्ने माछा र तल्लो तहमा बस्ने माछाका प्रकारहरु), ब्यावसायिक मत्स्यपालनको लागि आयोजना स्थल छनौट गर्दा ध्यान दिनु पर्ने पक्षहरु, पोखरी निर्माण तथा ब्यवस्थापन, बचत परिचालन र बचत फाईदाहरु सम्बन्धी विषयहरु तथा बचतको महत्व तथा संस्थाको पब्लिक डिपोजिटको बारेमा, संस्थाका सेवाहरुको आदिका बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गर्ने सिम्रौनगढ शाखाका शाखा प्रमुख हसमुदिन मियाले बताएका थिए ।

यो निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एकमात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याइरहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पीडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौद्धिक विकास गर्दै आइरहेको छ ।

यस संस्थाले देशको कुनाकुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आई रहेको छ । साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आइरहेको छ ।

संस्थाले असोज मसान्तसम्ममा ३ लाख २५ हजार ८६८ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ ।

संस्थाले असोज मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु.१६ अरब ५ करोड ७० लाख रहेको छ भने ग्राहक सदस्यहरुका ८ अरब ९८ करोड ९९ लाख बचत परिचालन गरेको छ । तरकारी खेती गरी रहेकार गर्न इच्छुक संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका सिम्रौनगढ शाखाका शाखा प्रमुख हसमुदिन मियाले तालिमको अन्त्यमा तालिमको मूल्याकंन सहभागी महेन्द्र जैसवाल र सहभागी श्रीमती बिसुनपति देबीले मन्तब्य राखेका थिए ।

ब्यवसायिकरुपमा तरकारी खेती गरेमा राम्रो फाईदा लिन तालिमले सहयोग गर्ने सहभागीहरुले बताएका थिए । माछापालन गरिरहेका गर्न इच्छुक संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका कार्यक्रम अधिकृत अजिमुल्लाह दर्जिले जानकारी गराएका थिए । तालिमको संचालन सिम्रौनगढ शाखाका प्रमुख हसमुदिन मियाले गरेका थिए ।

यस समाचारसँगै ब्यानर सहितको फोटो पनि इमेलमा संलग्न गरिएको ब्यहोरा जानकारी गराउँदछु ।

कमेन्ट गर्नुहोस्