इपीएलः चितवनको पहिलो जित, पारसको विराटनगर पराजित

काठमाडौं, मंसिर २८ । जारी एभरेष्ट प्रिमियर लिग (एपीएल) चितवन टाइगर्सले पहिलो जित निकालेको छ । उसलेमा विराटनगरलाई ५ रनले हराउँदै पहिलो जित निकालेको हो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा एक सय ९६ रनको योगफल खडा गर्यो । उसका लागि सन्दीप सुनारले ३०, पउल स्ट्रलिङले १५, दीपेन्द्र ऐरीले ३२, जोन सिम्सनले ७८, जर्ज स्कटले २४ रन बनाए ।

१९७ रनको लक्ष्यसहित मैदान उत्रेको बिराटनगरले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ९१ रनमात्र बनाउन सक्यो । कप्तान पारस खड्काले १९, अनिल शाहले १२, बाबर हायातले ९०, आसिफ शेखले ३०, करण केसीले २४ रन बनाए । बलिङमा ललित भण्डारीले चार तथा सागर ढकालले तीन विकेट लिन सफल भए ।

कमेन्ट गर्नुहोस्