एभरेष्ट प्रिमियर लिगः पोखरा र काठमाडौं भिड्दै [LIVE]

काठमाडौं, मंसिर २८ । कीर्तिपुर क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा काठमाडौं किंग्स(११ र पोखरा राइनोज भिडिरहेका छन् । टस जितेर काठमाडौंले फिल्डिङ रोजेको छ ।

काठमाडौंको कप्तान आज रोहन मुस्ताफले गरिरहेका छन् । नियमित कप्तान सोमपाल कामी घाइते भएपछि रोहतले कप्तानी सम्हालेका हुन् । अघिल्लो खेलमा काठमाडौंको कप्तानी केभिन ओब्राइनले गरेका थिए । मुस्ताफाको प्रतियोगितामा यो पहिलो खेल हो ।

काठमाडौंले २ मध्येको १ खेल जितेको छ । अघिल्लो खेलमा काठमाडौंलाई ललितपुर प्याट्रियटसले १० विकेटले पराजित गरेको थियो ।

पोखरा प्रतियोगितामा पहिलो विजय हात पार्ने आशामा छ । पोखराले पहिलो तीन खेल नै हारिसकेको छ । काठमाडौंसँग पराजित भए प्रतियोगिताबाट बाहिरिने छ ।

कमेन्ट गर्नुहोस्