चालू आर्थिक वर्षमा ६.५ प्रतिशत आर्थिक वृद्धि हुने

काठमाडौं, मंसिर २८ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चालू आर्थिक वर्षको आर्थिक वृद्धि ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । आर्टिकल फोरका लागि नेपाल आएको आइएमएफको उच्चस्तरीय टोलीले यो आर्थिक वर्षको वृद्धिदर ६.५ हुने प्रक्षेपण गरेको हो।

आइएमएफले यसअघि गत अक्टोबरमा पाँच प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । तर, फेरि त्यसलाई सच्याउँदै साढे ६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

आइएमएमको टोली प्रमुख गिर्ट अल्मेमकिन्डर्सले बिहीबार नेपाल राष्ट्र बैंकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भने, ‘राजनीतिक स्थायित्व र नियमित बिजुली प्रवाहका कारण आर्थिक वृद्धि ६.५ प्रतिशत हुने अनुमान गर्न सकिन्छ ।’ आइएमएफको टोलीले आर्थिक वृद्धिदर थोरै तर दिगो बनाउनुपर्ने सुझाव पनि दिएको छ।

कमेन्ट गर्नुहोस्