इपिएल धमाकाः छक्का हान्दा आयोजकको कारको सिसा चकनाचूर

काठमाडौं, मंसिर २२ । ईपीएल खेलमा प्रहार भएको छक्का आज ठूलो चर्चाको विषय बनेको छ ।

विराटनगर वारियर्सका खेलाडी बाबर हायातको ब्याटिङबाट आयोजक जोहोरा स्पोर्टस्का प्रवन्ध निर्देशक आमिर अख्तरको गाडीको सीसा नै फुटेको हो ।

चितवन टाइगर्सका खेलाडीको बलिङ सामना गरिरहेका खेलाडी बाबरले छक्का प्रहार गर्दा पार्किङमा रोकिराखेको आमिरको गाडीको अगाडिको भागको सीसा नै फुटेको हो ।

विराटनगर वारियर्स र चितवन टाइगर्सबीचको खेल चितवनले ५ रनले जित्दै सम्पन्न भएको छ । हङकङका नागरिक बाबर हायातले चितवन टाइगर्सविरुद्धको आजको खेलमा ९० रन पुर्याएका थिए ।

कमेन्ट गर्नुहोस्