२३ वर्षीय युवकले गरे ९१ वर्षीय वृद्धासँग विवाह, सुहागरातमा आइलाग्यो यस्तो आपत !

रियो दे जेनेरियो । कहिलेकाँही संसारमा निकै अनौठो लाग्ने समाचारहरु आउने गर्छन् । यसै सिलसिलामा २३ वर्षीय युवकले ९१ वर्षीया वृद्धासँग विवाह गरेको समाचारले प्राथमिकता पाएको छ ।

ब्राजिलका २३ वर्षीय युवा मौरिसियोले ९१ वर्षीय योलाण्डासँग विवाह गर्दा धेरैलाई अचम्म नलागेको हैन । तर विवाह पछि भने ठुलो आपत आइलाग्यो । ती युवक झन्डै जेल जाने अवस्थामा समेत पुगेका थिए । २३ वर्षीय उक्त युवक आफ्नो पढाइ पूरा गर्ने फिराकमा थिए तर उनीमाथि आर्थिक समस्या बढ्दो क्रममा रहेको थियो । यस्तोमा उनको पढाइको लागि आवश्यक खर्च जुटाइदिने शर्तमा वृद्ध महिलाले आफूसँग विवाहको प्रस्ताव राखेकी थिइन् ।

युवकले आफ्नो लागि निकै राम्रो उपाय रहेको भन्दै उक्त प्रस्ताव स्वीकार गरेका थिए । यस्तोमा महिलाले आफूलाई मिल्ने पेन्सन पनि आफ्नो शेषपछि भर्खरै पति बनेका युवकलाई दिने बताएकी थिइन् ।

यद्यपि उनीहरु हनिमुनको लागि गएको अवस्थामा बिछ्यौनामा नै महिलाको ज्यान गएको थियो । महिलाको निधन भएपछि युवक पेन्सनको दाबी गर्न पुगेका थिए तर अधिकारीहरुले युवकलाई महिलाको पेन्सन पाउनका लागि विवाह गरेको आरोप लगाएका थिए ।

युवक जेल जानेसक्ने अवस्था पनि आएको थियो तर उनी जेल जानबाट भने बचेका थिए ।

कमेन्ट गर्नुहोस्