इपिएलः लगातारको हारले पोखरा राइनोज लिग चरणबाट नै बाहिरियो

काठमाडौं, मंसिर २८ । जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोज लिग चरणबाट नै बाहिरिएको छ । शुक्रबारको दोस्रो खेलमा काठमाडौं किंग्स-११ ले पोखरा राइनोजलाई ५ विकेटले हराएसँगै राइनोज चारै खेलमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो।

अब पोखराले शनिबार चितवन टाइगर्ससँग १ खेल खेल्न बाँकी छ । काठमाडौंले ३ खेलमा दोस्रो विजय हात पारेको हो । त्रिवि मैदान कीर्तिपुरमा टस हारेर व्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाएको थियो।

जवाफी व्याटिङमा आएको काठमाडौंले ४ बल अगावै उक्त लक्ष्य भेट्टायो। काठमाडौंबाट केबिन ओब्राइनले ५४ रन बनाए।बलिङतर्फ विक्रम सोबले २ तथा शक्ति गौचन र सुशन भारीले १-१ विकेट लिए।

पोखराका रिचर्ड लेभीले ३८, कायल कोएटरले ३७ र पाउल कोलिनले ३७ रन बनाए । यस्तै काठमाडौंका केविन ओ ब्राइन र विक्रम भुसालले २-२ विकेट लिए।

काठमाडौंको कप्तान रोहन मुस्ताफले गरिरहेका छन्। नियमित कप्तान सोमपाल कामी घाइते भएको अवस्थामा अघिल्लो खेलमा काठमाडौंको कप्तानी केभिन ओुब्राइनले गरेका थिए। मुस्ताफाको प्रतियोगितामा यो पहिलो खेल हो।

कमेन्ट गर्नुहोस्