न्यायाधिवक्ता निरौला विरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौं, मंसिर २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता कोषहरि निरौला विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु ८० हजार घुस मागेको अभियोग निरौलामाथि लागेको छ ।

यस्तै, कम्पनी रजिष्टार कार्यालय त्रिपुरेश्वरमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई सात हजार घुस लिँदा लिँदै गरेको अवस्थामा आयोगको टोलीले आज पक्राउ गरेको हो ।

शेयरधनीको लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनका लागि कम्प्युटर अपरेटर आत्रेयले घुस माग मागेको अभियोग लागेको छ ।

आरोपी आत्रेयमाथि छानबिन भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । रासस

कमेन्ट गर्नुहोस्