गोरु काटिरहेकाे अवस्थामा दश जना पक्राउ

सुनसरी, मंसिर २८ । गोर काटेको आरोपमा सुनसरीको धरानबाट शुक्रबार १० जना पक्राउ परेका छन् ।

बिहान ६ बजे धरानको लोसे भन्ने ठाउँमा गोरु काटिरहेको अवस्थामा राजेश खड्गी, राजेन्द्र खड्गी, आशिष खड्गी, अनिल शाही, अनिष शाही, सुनसरी भोक्राह नर्सिङ-३ का बहिस मियाँ, रिजमान मियाँ, शाहदत्र मनसुरी, आशिक मनसुरी र महमुदी मनसुरी पक्राउ परेका हुन् ।

उनीहरुलाई बिशेष सुराकीको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका दश जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्