नुवाकोटमा मिनी ट्रक दुर्घटना, १६ जनाको मृत्यु

नुवाकोट, मंसिर २८ । नुवाकोटमा मिनी ट्रक दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । जिल्लाको दुप्चेश्वर गाउँपालिका १ घ्याङडाँडामा मिनी ट्रक गाडी दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको हो ।

शुक्रबार साँझ भएको दुर्घटनामा १६ जनाको मृत्यु भएको घटनास्थलबाट प्रहरी सहायक निरीक्षक ज्ञानलाल यादवले जानकारी दिए । घटनाको विस्तृत विवरण आउा बाँकि छ ।

मृतकको सनाखत भएको छैन। उद्धारका लागि जिल्लाबाट प्रहरी टोली आइरहेको इलाका प्रहरी कार्यालय समुद्रटारका इञ्चार्जसमेत रहेका यादवले बताए।

३९१३ नम्बरको ट्रक सडकबाट करिब एक हजार मिटर तल नदीमा खसेको छ। गाडी किम्ताङबाट सिसिपु जाँदै गर्दा दुर्घनामा परेको हो।

प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसन्तबहादुरले कान्तिपुरसित भने, ‘दुर्घटनामा व्यापक मानवीय क्षति भएको र अहिलेसम्म ४र५ जनाको शव भेटिइसकेको छ।’ शिखरबेंसीबाट सिसिकु जाँदै गरेको ट्रक दुर्घटनामा परेको हो। स्थानीयका अनुसार ट्रकमा ४०र४५ सवार थिए।

कमेन्ट गर्नुहोस्