‘प्रचण्डमाथि खुकुरी प्रहार’ भन्दै भ्रमपूर्ण समाचार लेख्ने सम्पादक रिहा

काठमाडौ, मंसिर २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डबारे भ्रामक समाचार लेख्ने पोष्टपाटी डट।कमका प्रधान सम्पादक गोपाल चन्द धरौटिमा रिहा भएका छन् ।
गोपाल चन्द पक्राउ

जिल्ला अदालत काठमाडौंका न्यायाधीश बाबुकाजी बाँनियाको इजलासले सम्पादक चन्दलाई शुक्रबार १० हजार धरौटीमा छोड्न आदेश दिएपछि चन्द रिहा भएका हुन् ।

सम्पादक चन्दलाई ‘प्रचण्ड माथि खुकुरी प्रहार’ शिर्षक राखेर भ्रामक समाचार लेखेको भन्दै मंसिर ११ गते पक्राउ गरि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्धा चलाइएको थियो ।

कमेन्ट गर्नुहोस्