मिनी ट्रक दुर्घटनाः मृतकको संख्या १८ पुग्यो (अपडेट)

नुवाकोट, मंसिर २८ । जिल्लाको दुप्चेश्वर गाउँपालिका १ घ्याङडाँडामा भएको मिनी ट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । मृत्यु हुनेमा १५ पुरुष र ३ महिला छन् । मृतकको सनाखत हुन बाँकि छ ।

शुक्रबार साँझ सोही वडाको सिम्टाङबाट सिसिपु जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो। प्रहरीका अनुसार सिम्टाङमा घेवा (काजक्रिया) मा आएका स्थानीयवासी घर फर्किने क्रममा दुर्घटना परेको हो। घाइते ७ जना घाइतेलाई उपचारको लागि काठमाडौ पठाइएको छ भने ९ जनाको उद्धार हुँदैछ।

कमेन्ट गर्नुहोस्