गीतकार भोगीको ‘झ्याप्पै तिमीलाई’ चर्चाको शिखरमा [भिडियाेसहित]

काठमाडौंं, मंसिर २९ । गीतकार निर्मल पुरी ‘भोगी’ को शब्दमा रहेको डान्सिङ गीत ‘झ्याप्पै तिमीलाई..’ स्रोता–दर्शकले अत्यधिक रुचाएका छन् । युट्युबमा सार्वजनिक नभएको दुई हप्तामै भोगीको गीतलाई झण्डै ४ लाखले हेरेका छन् ।

आकर्षक भिडियो र शब्द भएकाले गीतको चर्चा अहिले शिखरमा पुगेको छ । भिडियोमा एलिशा राई र भिमफेदी गाईजका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

निर्मल लामाको निर्देशन रहेको भिडियोमा पवन सुस्लिङको छायाँकन तथा सम्पादन छ । फुर्वा तामाङले स्वर भरेकी गीतमा बबुल गिरीको संगीत रहेको छ ।

कमेन्ट गर्नुहोस्