को बन्लान् पहिलो भ्वाइस अफ नेपाल ? हेर्नुस् लाइभ

काठमाडौं, मंसिर २८ । भ्वाइस अफ नेपालको पहिलो संस्करणको ‘फिनाले’ अहिले कतारको दोहामा भइरहेको छ । चार प्रतिस्पर्धीबाट आज एकजनाले भ्वाइस अफ नेपालको उपाधि जित्ने छ ।

श्रीजय थपलिया, सप्तक दुतराज, सिडी विजय अधिकारी र कुशल आचार्य फाइनलमा पुगेका थिए । आज यी चारमध्येबाट एकजना पहिलो ‘भ्वाइस अफ नेपाल’ बन्ने छन् ।

भ्वाइस अफ नेपालको विजेताले नगद २५ लाख, एउटा कार, २० लाख बराबरको एल्बम कन्ट्र्याक र ४ फाइनलिष्टले वर्ल्ड म्युजिक टुरको मौका पाउने छन् ।

कमेन्ट गर्नुहोस्