राजधानीमा घर भएका सांसद पनि महिनैपिच्छे घरभाडा लिन्छन्

काठमाडौं, मंसिर २९ । राजधानीमा घर हुने सांसदले घर छैन भनेर संसद् सचिवालयबाट महिनैपिच्छे भाडा लिईरहेका छन् । यस्तो सुविधा लिनेमा उद्योगी, व्यापारी र दलका चर्चित नेता छन् ।

मन्त्रीक्वार्टरमा बस्नेदेखि संसदीय समितिका सभापतिसम्मले यसरी रकम लिईरहेका छन् ।  भीसेनदास प्रधान काठमाडौं क्षेत्र ६ बाट निर्वाचित सांसद् हुन् ।

उनी काठमडौं महानगरपालिका २७ का स्थायी बासिन्दा हुन् । २०७४ भदौ १९ मा रक्षामन्त्रीको हैसियतअनुसार काठमाडौंमा उनको सगोलमा छ ।

उनले २०७४ फागुनयता नियमित घरभाडा लिईरहेका छन् । संसद् सचिवालयले प्रधानलाई मासिक घरभाडा उनकै बैंक खातमा पठाईदिने गरेको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्