सिन्धुपाल्चोक सेवा समाज यूएईकाे अध्यक्षमा नेपाल

युएई,मंसिर २९।सिन्धुपाल्चोक सेवा समाज यूएईकाे नयाँ कार्यसमिति चयन भएकाे छ ।

शुक्रबार यूएईकाे बरदुबई स्थित रेनट्री हाेटलमा सम्पन्न तेस्रो अधिबेशनले मनाेज नेपालकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेकाे हो ।समितिको अध्यक्षमा मनोज नेपाल, उपाध्यक्षमा दिपक रावत , लालध्वज लामा, प्रविण लामा, दावा लामा निर्वाचित भएका छन् । यसैगरी संस्थाकाे सचिवमा हरि दुलाल , सहसचिवमा कुमार थापा र काेषाअध्यक्षमा मीना माेक्तान निर्वाचित भएका छन् ।

यस्तै अधिबेशनले ११ जना केन्द्रीय सदस्यहरू पनि चयन गरेकाे छ । सदस्यहरूमा मीना चालिसे,रिमन लामा,पशुपति प्रसाद धमला, नाेर्बु लामा, , सानी तामाङ ,शाेभा तामाङ , विमला लामा, कल्याणी माेक्तान , उत्तम थापा, हरि शाह रहेका छन् । अधिबेशनकाे उदघाटन गैर अावासीय नेपाली संघ यूएईका अध्यक्ष रमेश श्रेष्ठले गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दल निकट भातृसंगठ्नका प्रतिनिधि तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरूकाे उपस्थित रहेकाे थियाे ।

कमेन्ट गर्नुहोस्