आँसु झार्दै रविले भने, ‘बाबालाई मोबाइल चलाउन आउँदैन तर भोट गर्न भन्दैछन्’

काठमाडौं, मंसिर २९ । नेपाल आइडलको ‘टप ४’ मा पुगेपछि समर्थकसँग भेटघाट गर्न कैलाली पुगेका थिए रवि ओड । समर्थकसँगको भेटघाटपछि उनी आफ्नो घर पुग्दा भने आँसु थाम्न सकेन्न । घर के भन्नू । एउटा झुप्रो ।

हातमा टिकाको थाली बोकेर उनकी आमा उभिएकी थिइन् । रवि निकै खुसी देखिन्थे तर बोल्दै जाँदा उनी भक्कानिए । उनले सम्झिए बाबालाई । भारतमा चौकिदारी गर्दै आएका उनका बुवाले पनि सबैलाई भोटका अपिल गरिरहेका छन् ।

उनले सम्झिए बाबालाई । भारतमा चौकिदारी गर्दै आएका उनका बुवाले पनि सबैलाई भोटका अपिल गरिरहेका छन् ।

‘बाबाको प्रेणाा र हौसलाले’ बोल्न सकेनन् रवि । आँसु आयो, भक्कानिए उनी । ‘बाबालाई मोबाइल चलाउन आउँदैन । भोट कसरी हाल्ने थाह छैन तर पनि सबैलाई भोट हाल्न भन्दैछन् ।’ रवि निकै भावुक भए । बढि बोल्न सकेनन् ।

सामान्य परिवारमा जन्मेका रवि । अहिले देश विदेशबाट पाएको साथ र समर्थनले एकातिर खुसि थिए भने अर्कोतिर भावुक ।

बाँकि हेर्नुस् तलको भिडियोमा–

कमेन्ट गर्नुहोस्