शक्तिले लिए खेल जीवनलाई पूर्णविराम

काठमाडौं, मंसिर २९ । नेपाली क्रिकेटर शक्ति गौचनले एभरेष्ट प्रिमियर लिगको आफ्नो अन्तिम खेलसँगै २ दशक लामो खेल जीवनबाट सन्यास लिएका छन् ।

उनले आज कीर्तिपुर क्रिकेट मैदानमा भएको चितवनविरुद्धको खेल खेलेसँगै खेल जीवनबाट सन्यास लिएका हुन् । उनलाई खेलाडीहरुले काँधमा राखेर मैदान परिक्रमा गरेका थिए । यस्तै दर्शकले आफ्नो ठाउँबाट उठेर बिदाइ गरेका थिए ।

कमेन्ट गर्नुहोस्