अनसन बसेका पूर्व माअाेवादी लडाकुकाे अवस्था नाजुक, काेही बेहाेस काेही हिरासतमा

काठमाडौं, पाैष १ गते। निःशुल्क उपचारको  माग गर्दै अनसनमा बसेका पूर्व लडाकुहरुकाे अवस्था नाजुक बन्दै गएकाे छ ।

माईतिघर मण्डलामा ४ दिनदेखि अनशन बसिरहेका ६ जनामध्ये मकवानपुरका मंगल सिंह प्रजा र बर्दियाका तिलाचन्द्र कामी बेहोश समेत भएका छन् ।

बेहोश भएका प्रजा र कामीको उपचारमा कसैले पनि वास्ता नगरेको अनशनरत कालीकोटका संग्राम कामीले जानकारी दिए  ।

चिसो र भोकले कठ्याङ्ग्रीएर  प्रजा र कामी बेहोश भएका हुन् । ‘गणतन्त्रका लागी आफुहरुले शरीरका अंग गुमायौं, कामीले भने , अहिले हामी उपचारका लागी सडकमा भिख माग्नु परिरहेको छ । गणतान्त्रिक कम्युनिष्ट सरकारले पनि सहयोग गर्दैनन ।’

गिरफ्तार गरिएका घाईते अपांग संघर्ष समितिका संयोजक युवराज बिकलाई तत्काल रिहा गर्नुपर्ने, घाईते अपांगलाई गणतन्त्र योद्धा घोषणा गरि परिचयपत्रको व्यवस्था गरिनुपर्ने, रोजगारीको व्यवस्था गरिनुपर्ने, घाईते अपांगका छोराछोरीलाई निशुल्क पढाईको व्यवस्था गरिनुपर्ने माग राख्दै उनीहरु अनशन बसेका हुन् ।

अपांग समितिका संयोजक बिकलाई झुट्ठा मुद्धा लगाई प्रहरीले महानगरिय प्रहरी परिसर, जाउलाखेल ललितपुरको हिरासतमा राखिएको उनीहरुकोे आरोप छ ।

कमेन्ट गर्नुहोस्