गायक सुदिप निउरेको एल्बम ‘पञ्चेबाजा’ को ‘घुम्टो शिरैको’ भिडियो सार्वजनिक

मौलिक भाकाहरुको लोक गीत–संगीतको क्षेत्रमा निकै कम मात्रामा सर्वोकृष्ट रचनाहरु बजारमा आइरहेका छन् ।

झझल्को डिजिटलको प्रस्तुतिमा गायक सुदिप निउरे र गायिका अमृता नेपालीको आवाजमा रहेको उत्कृष्ट पञ्चेबाजाको गीत ‘घुम्टो शिरैको’ गीतको भिडियो सार्वजनिक भएको छ ।

राम खत्रीको उत्कृष्ट शब्द तथा इश्वर सिंहको लय सिर्जनामा रहेको गीतमा बाग्लुङ जिल्लामा निकै लोकप्रिय पञ्चेबाजालाई प्रयोगमा ल्याइएको छ । मरुभुमि नारायणको छायाँकन, रोशन धितालको सम्पादन, आदित्य पुनको निर्देशन भिडियोमा रहेको छ । ‘घुम्टो शिरैको’ गीतमा सुदिप निउरे र जुना गुरुङको अभिनय रहेको छ ।

‘घुम्टो शिरैको’ हेर्नुहोस भिडियो

कमेन्ट गर्नुहोस्