डीबी श्रेष्ठको गीतमा भोलाको अभिनय

पत्रकारितामा कलम चलाइरेका भोला अधिकारी फेरि नयाँ म्युजिक भिडियोमा देखा परेका छन् ।

‘आज–आज’ बोलको म्युजिक भिडियोमा उनि अभिनय मार्फत आएका छन् । पुर्वै मोरङको, पीर नगर सानू लगायत सुपरहिट गीतमा अभिनय गरेको कुशल कलाकार तथा पत्रकार भोला अधिकारीको अभिनयमा ‘आज–आज’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

डीबी श्रेष्ठको शब्द, संगीत र आवाज रहेको यस गीतमा गायिका विनिता राईले पनि आवाज दिएकी छन् । उनको यो पहिलो गीत हो ।

दुई मायालु जोडीको रोमान्सलाई गीतको म्युजिक भिडियोमा देखाइएको छ । केबी भण्डारीको एरेन्ज गरेको गीतलाई गोविन्द सोनीले मिक्सिङ गरेका हुन् । जनकराज अधिकारीको छायाँकन, राज कार्कीको सम्पादन, अनिल मगरको नृत्य निर्देशन रहेको छ ।

‘आज–आज’ गीतमा पत्रकार भोला अधिकारी र मनु थापाको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाई भोला आफैले निर्देशन गरेका हुन ।

 

कमेन्ट गर्नुहोस्