मौनताको लेखनमा चलचित्र ‘मेरो आफ्नो’, हाल पोष्ट प्रोडक्सनको काम हुँदै

मौनता श्रेष्ठको लेखनमा तयार नेपाली कथानक चलचित्र ‘मेरो आफ्नो’ को हाल धमाधम पोष्ट प्रोडक्सनको काम भइरहेको छ ।

२०५२ सालबाट चलचित्र लेखनमा लागेका श्रेष्ठले सयभन्दा बढी चलचित्र लेखिसकेका छन् । यो पटक लेखकीय हिसाबमा समेत फिल्म अब्बल बनेको उनको तर्क छ ।

चलचित्रको बारेमा कुराकानी गर्दै उनले फिल्मीकुरासँग भने, ‘जिन्दगीमा थुप्रै चलचित्र लेखे । तर, यो पटक मेरो आफ्नो भन्ने फिल्मले धेरैलाई आफ्नो बनाउन सक्छ भन्ने लागेको छ । यो विसुद्ध पारिवारिक तथा प्रेमकथामा आधारित छ । सम्भावना बोकेका नयाँ कलाकारले फिल्ममा खेलेका छन्।’

ओम साई भक्त मिडिया प्रालिका लागि श्रीराम बराल प्रस्तुत यो चलचित्रमा केवलजंग कुँवर, सुजता थापा, रिया श्रेष्ठ, रुपा राना, नरेश पौडेल, सुन्दर श्रेष्ठ, शंकर आचार्य लगायतका कलाकारको मुख्य भूमिका छ ।

चितवन, पोखरा र मुस्ताङमा छायांकन गरिएको फिल्मको रिलिज मिति भने हाल तोकिएको छैन । छिट्टै फिल्मको क्रमिक रुपमा प्रचार सामाग्री सार्वजनिक गरिँदै जाने लेखक मौनताले जानकारी दिएका छन् । चलचित्र चल्नको लागि कथा नै राम्रो हुनुपर्ने कुरामा उनले जोड समेत दिए ।

यो फिल्ममा उनको समेत लगानी रहेको छ । राजु अधिकारीले चलचित्रको निर्देशन गरेका हुन् । रामकृष्ण बजिमया कार्यकारी निर्माता रहेको फिल्ममा बसन्त शर्मा, निलबहादुर केसी र बिना देवी श्रेष्ठको पनि लगानी साझेदारी रहेको छ ।

चलचित्रमा पवन गौतमको छायांकन, हिमाल केसीको द्धन्द तथा ताराप्रकाश लिम्बु र प्रतिक पौडेलको संगीत रहेको छ । चलचित्रको गीतमा कमल राई, रामजी लामिछाने र किरणको कोरियोग्राफी हेर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्