माघ ११ गतेदेखि चलचित्र ‘आरोप’ प्रदर्शनमा, ‘ए मन’ गीतको भिडियो सार्वजनिक

काठमाडौं, पुष १ । दिलासा क्रियशनको ब्यानरमा अमर ओलीको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र ‘आरोप’ को ‘ए मन’ गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा र नित्याशिवा र प्रह्लाद तिमिल्सिनाको आवाज रहेको छ । चलचित्रको कथा लेखन लक्ष्मण सुवेदीले गरेका छन ।

विजय पाठक र दिनेश राउतको निर्माण, वीरेन्द्र भट्टको छायांकन, कमल राईको नृत्य, सानुकुमार महर्जनको द्वन्द एस के अधिकारीको गीत र एस के अधिकारी र गणेश चौधरीको संगीत, नित्या शिवा, राजेश पायल राई, प्रह्लाद तिमिल्सिना, मनिषा पोख्रेलको आवाज साहिल खानको सम्पादनमा किशोर खतिवडा, सञ्चिता लुइँटेल, रिचा थापा, उद्धव गिरी, प्रेम खड्काको अभिनय रहेको छ ।

चलचित्र ‘आरोप’को प्रदर्शन भने आगामी माघ ११ गते नेपालभरिका सिनेमा हलहरुमा हेर्न सकिने निर्माण पक्षले बताएको छ र अहिले पोष्ट प्रोडक्सनको काम भइरहेको पनि बताइएको छ ।

युवायुवतीहरुबीचको त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा, युवावस्थाको विभिन्न अवस्थालाई चलचित्रमा समेटिएको चलचित्रको निमार्ण पक्षले बताएको छ ।

‘ए मन’ हेर्नुहोस भिडियो–

कमेन्ट गर्नुहोस्