सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तोडफोड, प्रिन्सिपलको पुत्ला दहन

कञ्चनपुर, पुष १ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पस तोडफोड भएको छ ।

भागबण्डाका आधारमा कर्मचारी भर्ना गरेको भन्दै चार विद्यार्थी संगठनका नेता कार्यकर्ताले क्याम्पस तोडफोड गरेका हुन ।

सत्ताधारी सहितका चार विद्यार्थी संगठनले तोडफोड गर्नुका साथै प्रिन्सिपल डा. भुपेन्द्र विष्ट सहित तीन प्राध्यापकको पुत्ला दहन गरेका छन् ।

याे पनि पढ्नुस  आनन्द बजार नाका सुचारु गर्न पहल भएन

पूर्व एमाले निकट अनेरास्ववियु, पूर्व माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा बैद्य निकट अखिल क्रान्तिकारी र नेकपा विप्लव निकट क्रान्तिकारीका विद्यार्थीले तोडफोडसँगै प्रिन्सिपलको कुर्सी समेत जलाएका छन् ।

विद्यार्थीले नेपाल प्राध्यापक संघका अध्यक्ष कर्णदेव भट्ट र पूर्व माओवादी केन्द्र निकट राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष धनराज विष्टको समेत पुत्ला दहन गरेका छन् ।

याे पनि पढ्नुस  निर्मलाको साइकलको रहस्य, प्रमाण मेट्ने प्रहरी नै अनुसन्धान बाहिर !

यस अघि प्रिन्सिपल विष्टको कार्यकक्षमा विभिन्न तीन विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए । प्रिन्सिपल कार्यकक्ष र बाहिर रहेका फर्निचर, पुस्तकालयका सिसा समेत विद्यार्थीले तोडफोड गरिदिएका छन् ।

विद्यार्थी नेताहरुले प्रिन्सिपल कार्यकक्षमा तीन दिन तालाबन्दी हुँदापनि कर्मचारीलाई नियुक्ति दिएको भन्दै ढोका तोडेरै कुर्सी जलाएका थिए । विद्यार्थी संगठनको तोडफोड पछि क्याम्पसको पढाई प्रभावित भएको छ ।

कमेन्ट गर्नुहोस्