सांसद भट्टराईले घरभाडाको रकम नलिने, दश महिनाको ९० हजार फिर्ता गर्ने घोषणा

काठमाडौं, पुष १ । नेपाल कम्युनिस्ट (नेकपा) का प्रतिनिधिसभा सांसद योगेश भट्टराईले घरभाडा वापतको भत्ता नलिने घोषणा गरेका छन् । उनले आइतबार एक वक्तव्य जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।

सांसद भट्टराईले २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिना भाडावापत बुझेको ९० हजार फिर्ता गर्ने घोषणा गरेका छन् ।

उनले वक्तव्य भनेका छन्, ‘संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरुको विवरण फारम भराउँदा मैले काठमाडौंमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको छु । सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घर भाडा लिनेको सूचीमा मेरो नाम प्रकाशित हुँदा म आफैं आश्चर्यमा परेको छु ।’

कमेन्ट गर्नुहोस्