ललितपुर इपीएलको क्वालिफायर्समा प्रवेश, सन्नीले लिए ५ विकेट

काठमाडौं, पुष १ । कीर्तिपुर क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) मा आज भएको खेलमा ललितपुर प्याट्रियट्स विजयी भएको छ ।

भैरहवा ग्ल्याडिएटर्सलाई ६ विकेटले हराउँदै ललितपुर विजयी भएको हो । आजको जीतसँगै ललितपुर क्वालिफायर्समा प्रवेश गरेको छ ।

पहिलो खेलमा विराटनगर वारियर्ससँग पराजित भएको ललितपुरले त्यसयता लगातार चार खेलमा जित निकालेर ८ अंक बनाएको छ । उसले लिग चरणमा शीर्ष दुईभित्र स्थान सुरक्षित गरेको छ ।

भैरहवा पनि यसअघि नै प्लेअफमा पुगिसकेको छ । सोमबार काठमाडौं किंग्स(११ र विराटनगरबीच हुने लिग चरणको अन्तिम खेलले क्वालिफायर्समा पुग्ने अर्को टोलीको टुंगो लगाउने छ ।

ललितपुरले पहिलो क्वालिफायर्समा सोझै फाइनल प्रवेशका लागि खेल्नेछ । पराजित भएमा लिगमा तेस्रो र चौथो हुने टोलीबीच हुने इलिमिनेटर खेलको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने अवसर हुनेछ ।

आइतबार भैरहवाले दिएको ९३ रनको लक्ष्य ललितपुरले १४.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । ललितपुरका विदेशी खेलाडी सन्नी पटेलले ५ विकेट लिएपपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेको भैरहवाले १९ ओभरमा सबै विकेट गुमाएर ९२ रनको योगफल बनाएको थियो । प्लेयर अफ दि म्याच बनेका सन्नीले ४ ओभर बलिङ गरी मात्र १२ रन खर्चेर ५ विकेट लिए ।

कमेन्ट गर्नुहोस्