चिनी मिलको ट्रिटमेन्ट प्लान्टमा विष्फोट, ६ को मृत्यु

बागलकोट । भारतको कर्नाटक जिल्ला अन्तर्गत मुधोल जिल्लामा रहेको निरानी सुगर मिलको ट्रिटमेन्ट प्लान्टमा विष्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।

पत्रिका दैनिकका अनुसार, ट्रिटमेन्ट प्लान्टको बोइलर फाटेपछि दुर्घटना भएको थियो । घटनामा ५ जना घाइते छन । ट्रिटमेन्ट प्लान्टको सेफ्टी भल्बमा ब्लकेज भएको कारण बोइलर फुटेको बताइन्छ ।

घटनाको बेला उक्त कम्पनीमा ७ जना मजदूर काममा रहेका थिए । विष्फोटको धमाकाले पुरै भवन ढलेको छ ।
घटनामा नेपाली मजदूर भए नभएको विषयमा केही खुलेको छैन ।

कमेन्ट गर्नुहोस्