अबको दशक स्मृद्धिका लागि बिताउँछुः अध्यक्ष प्रचण्ड

पुष १ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले देशमा शान्ति ल्याउन एक दशक समय लागेको र अब देशको समृद्धि र विकासमा पनि एक दशक समय बिताउने बताएका छन् । पाल्पाको रामपुरमा आइतबार रामतुलसी माविको स्वर्ण जयन्तीको उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

याे पनि पढ्नुस  उ बेलाका प्रचण्डः रङ कडा, चिनी कम दूध चियाका पारखी

मुलुक देश शान्ति र समृद्धिको संकल्पका साथ अगाडि बढेको बताउँदै समृद्धिका लागि सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने समय आएको उनको भनाई थियो ।

अध्यक्ष प्रचण्डले पाल्पा र स्याङ्जा जोड्ने कालीगण्डकीमा पक्की पुल निर्माणका लागि बोलपत्र आह्वान भएपनि उपयुक्त ढाँचाका कारण रोकिएको हुँदा पुल पुनःनिर्माणका लागि तीव्रता दिने बताए । उनले देश शान्ति र समृद्धितर्फ अगाडि बढेको बताउँदै वर्तमान सरकारले निकै प्रभावकारी काम गरेको बताए।

याे पनि पढ्नुस  बन्दीले तयार पारेका आकर्षक सामग्री

कार्यक्रममा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको काम अगाडि बढिरहेकाले यसको कालोपत्रेका लागि तीव्रता दिने बताए ।

कमेन्ट गर्नुहोस्