जनयुद्धको बाँकी कार्यभार पूरा गर्न हाम्रो पार्टी प्रतिबद्ध छः गोपाल किराँती

काठमाडौ‌, पुष १ । नेकपा (माओवादी केन्द्र) ले मंसिर २८ र २९ गते राजधानीमा बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गरेको छ ।

काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सो पार्टीले आगामी फागुन १ गते ‘जनयुद्ध’ दिवसका अवसरमा पार्टीको आठौं महाधिवेशन सम्पन्न गर्ने जानकारी दिइयो ।

याे पनि पढ्नुस  गोपाल किरातीको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन

माघभित्र आठौं महाधिवेशनको सम्पूर्ण तयारी पूरा गरिनेछ । पार्टी अध्यक्ष गोपाल किराँतीले ‘जनयुद्ध’ को बाँकी कार्यभार पूरा गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लाग्ने बताए । अध्यक्ष किराँतीले विप्लब र वैद्य माओवादीसँग आठौं महाधिवेशनपछि पार्टी एकता गरिने स्पष्ट पारे ।

कमेन्ट गर्नुहोस्