मन्त्री महासेठलाई हटाउन नेकपाकै नेताले निवेदन दिए

काठमाडौं, पुष १ । भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई स्थायी कमिटी सदस्य हटाउन नेकपाकै नेताले निवेदन दिएका छन् ।

विधान विपरीत नेकपाको स्थायी कमिटी सदस्य बनाइएको भन्दै मन्त्री महासेठलाई पदबाट हटाउन नेकपाका केन्द्रीय सदस्य श्रीप्रसाद साहले केन्द्रीय कार्यालयमा निवेदन दिएका हुन् ।

नेकपाको विधानअनुसार स्थायी कमिटी सदस्य हुन कम्तीमा एक कार्यकाल पोलिटव्यूरो सदस्य भएको हुनुपर्नेमा महासेठ अहिलेसम्म पोलिटव्यूरो सदस्य नै नभएकाले उनलाई स्थायी कमिटी सदस्य बनाइनु विधान विपरीत रहेको सदस्य साहको निवेदनमा उल्लेख छ ।

पार्टी अध्यक्ष र महासचिवलाई सम्बोधन गरेर दर्ता गरिएको निवेदनमा महासेठको ठाउँमा मधेशबाटै प्रतिनिधित्व गर्ने धर्मनाथ साह, नागेन्द्र चौधरी, बैजनाथ चौधरी, सत्रुघन महतो, लालबाबु पण्डित, योगनारायण यादव, बंशीधर मिश्रमध्येबाट स्थायी कमिटी सदस्य बनाउन मागसमेत गरिएको छ ।

कमेन्ट गर्नुहोस्