प्रचण्ड भन्छन्, ‘कुनै टेन्सन नलिनुस्, अर्को चुनावसम्म धुलोमाटो खानुपर्दैन’

भरतपुर, पुष १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले अर्को निर्वाचनसम्म चितवनका सबै सडक पिच हुने बताएका छन् ।

भरतपुर २१ मा रहेको भानु माध्यमिक विद्यालय पहारिलोटारमा भएको श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञान महायज्ञको समुद्घाटन गर्दै अध्यक्ष प्रचण्डले अब अर्को निर्वाचन आउँदा सडकको धुलोमाटो खान नपर्ने बताए ।

उनले भने, ‘अहिले तपाइँहरुलगायत म आउँदा पनि धुलोमाटो खान परेको छ, कुनै टेन्सन नलिनूस् अर्को चुनावसम्म धुलोमाटो खानैपर्दैन, यो तपाइँहरुलाई मैले पूर्ण विश्वास दिलाउँछु ।’

याे पनि पढ्नुस  राजनीतिको कखरा यहीँ सिकेको हाे : प्रचण्ड

कार्यक्रममा अध्यक्ष प्रचण्डले समृद्धिको नमुना मोडेल चितवनले प्रस्तुत गर्ने दाबीसमेत गर्नुभयो । उनले भने, ‘म चितवनको प्रतिनिधि हो, त्यसमा पनि क्षेत्र नं ३ को प्रतिनिधि भएको नाताले पनि मैले यो क्षेत्रलाई विशेष रुपमा हेर्नुपर्छ, तर पार्टीको अध्यक्षको नाताले पूर्वप्रधानमन्त्री हैसियतले सबै जिल्लामा मैले ध्यान पुर्याउनुपर्छ ।’

याे पनि पढ्नुस  भोट हाल्न चितवनतिर प्रधानमन्त्री प्रचण्ड

कार्यक्रममा अध्यक्ष प्रचण्डले विद्यालयलाई र यो क्षेत्रलाई कम बजेट परेको भए पनि अर्को वर्ष यो क्षेत्रलाई आफूले विशेष रुपमा हेर्ने बताए । उनले भने, ‘मेरो साथ, सहयोग यो विद्यालयलाई हुनेछ, यो क्षेत्रलाई हुनेछ । समग्र चितवनलाई नै हुनेछ । अबको ५ वर्षभित्र चितवनले एउटा मोडेल प्रस्तुत गर्ने उनको भनाई थियो ।

याे पनि पढ्नुस  संघीयताबारे धेरै कुरा बुझ्न अझै बाँकी : सभामुख

कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले अध्यक्षको गृहजिल्लामा आफ्नो पूर्ण साथ र सहयोग रहने बताए । उनले भने, ‘अब चितवनमा बाटो बनाउने, कालोपत्रे गर्ने, पानी ट्यांकी बनाउने जस्ता समस्याको कुनै चिन्ता लिनु पर्दैन । ५ वर्षपछि चितवनले काँचुली फेर्नेछ ।’

कमेन्ट गर्नुहोस्