रविलाई जिताउन भारतमा प्रवासी नेपालीद्वारा प्रचार–प्रसारमा तिव्रता

काठमाडौं, पुष १ । नेपालको दोस्रो संस्करणको फाइनलमा पुगेका रवि ओडलाई जिताउन देश तथा विदेशमा व्यापक अभियान सुरु भएका छन् ।

विभिन्न संघ–सस्था एवं समूहद्वारा रविलाई आइडल बनाउन अभियान सुरु भएका हुन् । नतिजा सर्वाजनिक हुने दिन नजिकिएसँगै रविप्रतिको समर्थकको साथ पनि व्यापक बढिरहेको छ ।

मलेसियामा रविको व्यापक प्रचार [फोटोफिचर]

उनलाई आइडल बनाउन नेपालसहित मलेसिया, कतार, अमेरिका, जापान, क्यानडा, भारतलगायत विभिन्न देशमा अभियान चलाइएका छन् । यसैबीच, भारतमा रविलाई जिताउन प्रवासी नेपालीहरु निकै सक्रिय भएका छन् ।

‘प्रवासी नेपाली हेल्प मिसन भारत (रजी) ले रविलाई जिताउन व्यापक अभियान थालेको छ । उसले रविका पोस्टर बनाएर प्रचार–प्रसारलाई तिव्रता दिएको छ । साथै, सो सस्थाले भोट कसरी अत्यधिक गर्न सकिन्छलगायत थुप्रै उपाय पनि सिकाइरहेको छ ।

रबिलाई भोट गर्न मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ ।  यो पटक भोटिङ बिहीबार रातिबजेबाट खुल्ला  भएकाे छ र एक हप्तासम्म भोट गर्न सक्नु हुनेछ ।  देश तथा विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरेर पनि भोट  गर्न सकिन्छ 

कमेन्ट गर्नुहोस्