मिस युनिभर्स २०१८ मा समेत नेपाली सहभागिले चर्चा बटुलेका छन् ।
नेपालको प्रतिनिधित्व गरिरहेकी मनिता देवकोटा टप १० मा पुग्न सफल भएकी हुन ।
थाइल्याण्डको बैंककमा भइरहेको अन्तिम प्रतिस्पर्धामा देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन ।
ENGLISH
होमपेज / समाचार / प्रमुख समाचार
मनिता देवकोटा मिस युनिभर्सको टप १० मा
अनलाइनखबर
२०७५ पुष २ गते ७:४४ मा प्रकाशित
0प्रतिक्रिया
848
SHARES
FacebookTwitterEmail
२ पुस, काठमाडौं । मिस युनिभर्स २०१८ मा नेपालको प्रतिनिधित्व गरिरहेकी मनिता देवकोटा टप १० मा पुगेकी छन् ।
थाइल्याण्डको बैंककमा भइरहेको अन्तिम प्रतिस्पर्धामा देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन ।
अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट ५ छनौट गरी १५ जना र ५ जना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो । मनिता एसिया प्यासिफिक तथा अफ्रिकाका तर्फबाट तेस्रो नम्बरमा परेकी छन् ।
त्यसपछि हरेक प्रतिस्पर्धीलाई आफ्नो बारेमा १५ सेकेण्डको मन्तब्य दिने अबसर दिइएको थियो । यही मन्तब्यका आधारमा टप १० प्रतिस्पर्धीको छनौट गरिएको थियो ।