उत्तर कोरियाले अमेरिकालाई दियो कडा चेतावनी

उत्तर कोरियाले अमेरिकालाई कडा चेतावनी दिएको छ । सिंगापुरमा वार्तापछि सम्बन्ध सुधार गरिएको आसा राखिएपनि अमेरिकी व्यवहार नसुध्रिएको भन्दै उत्तर कोरियाले चेतावनी दिएको हो ।

उत्तर कोरियाले आफ्ना अधिकारीहरूमाथि नयाँ प्रतिबन्धहरू लगाउने ट्रम्प प्रशासनको कदमको भर्त्सना गर्दै, त्यसले स्थायी रूपमा परमाणु अस्त्र निश्शस्त्रीकरण प्रभावित हुने चेतावनी दिएको छ।

याे पनि पढ्नुस  किमले गरे दक्षिण कोरियाको प्रशंसा

उत्तर कोरियामा प्रेसमाथि प्रतिबन्ध लगाइएको, रेडियो संकेतहरू रोकिएको र विदेशी चलचित्र हेर्ने मानिसहरूलाई थुनिएको विवरण आएपछि अमेरिकाले तीन उत्तर कोरियाली अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको थियो।

वासिङ्टनले नयाँ प्रतिबन्धको घोषणा गर्ने बित्तिकै प्योङयाङले एक वक्तव्यमा यस्ता कदमले उत्तर कोरियालाई परमाणु कार्यक्रममा हेरफेर गर्न कुनै दबाव नदिने बताएको छ।

याे पनि पढ्नुस  कोरियाली नेता किमलाई ‘गार्ड अफ अनर’

उसले आफू अमेरिकी कदमका कारण “स्तब्ध र क्रुद्ध” भएको प्रतिक्रिया दिएको छ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएले छापेको वक्तव्यले अमेरिकी विदेश मन्त्रालय “दुई देशबीचको सम्बन्धलाई पुरानै अवस्थामा फर्काउन उद्धत रहेको” आरोप लगाएको छ।

उत्तर कोरियाली नेता किम जङ-अन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच गत जुन महिनामा सिङ्गापुरमा भएको बैठकमा त्यस विषयमा अस्पष्ट सम्झौता भएको थियो। तर त्यसयता त्यस विषयमा थप प्रगति हुन सकेको छैन।

याे पनि पढ्नुस  दक्षिण कोरियाली विशेषदूत उत्तर कोरिया जादैं

त्यो विषयमा हुने भनिएको थप वार्ता नोभेम्बर महिनामा अचानक स्थगित हुन पुगेको थियो।

कमेन्ट गर्नुहोस्