पुस ५ देखि फिल्म मेकिङद्वारा आवेदन फाराम खुला !

भिडियो बनाउन सिक्न चाहनेहरुका लागि यो सुवर्ण अवसर!

विकल्प एन अल्टरनेटिभ र एभरेस्ट पोलेसी इन्स्टिच्युटको संयुक्त आयोजना र समृद्धि फाउन्डेशन, एकाउन्टिबिलिटि ल्याब र एट्लस नेटवर्कको सहयोगमा ५ दिने आवासीय फिल्म मेकिंग तालिमको संचालन हुन गइरहेको छ ।

उक्त कार्यक्रमलार्इ तीन चरणमा विभाजन गरिएको छ ।

पहिलो चरणमा सहभागीहरुलाई ५ दिने आवासीय तालिम दिइने छ, जसमा फिल्म बनाउने आधारभूत विषयमा विस्तृत जानकारी दिइने छ ।

दोश्रो चरणमा सहभागीहरुलार्इ ४ समूहमा विभाजित गरी छोटो समयको सिनेमा निर्माण गर्नको निम्ति फिल्डमा पठाइने छ भने अन्तमा सहभागीहरुले तयार गरेको सिनेमालार्इ दर्शक माझ प्रस्तुत गरिने छ ।

उक्त कार्यक्रममा सहभागी हुनको निम्ति इच्छुक आवेदकले आवेदन फाराम भर्नुपर्ने छ, जसको आधारमा २४ जना सहभागीहरुलाई तालिमको निम्ति छनौट गरिने छ । छनौटमा परेका सहभागीहरुले दर्ता शुल्क स्वरूप १९७५ रुपैया बुझाउनुपर्ने छ ।

फर्म भर्ने अन्तिम मिति यही २०७५ पुस ५ गतेसम्म रहेको छ भने कार्यक्रम इटहरीको युथ डेभलपमेन्ट सेन्टरमा २०७५ पुस १३ देखि १७ गतेसम्म संचालन हुनेछ । १८ बर्ष देखि २९ बर्षका युवाहरुले यस कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् ।

उक्त कार्यक्रममा सहभागीहरुलाई फोटोग्राफी,सिनेमेटोग्राफी, स्क्रिप्ट लेखन, एक्टिंग, लाइट, साउण्ड, आर्ट डिरेक्सन, एडिटिंग, डाइरेक्टरको भूमिका आदिको विषयमा प्रशिक्षण दिइने कुराको जानकारी विकल्प एन अल्टरनेटिभका निर्देशक बसन्त अधिकारीले दिए ।

फर्म भर्ने लिंक

http://bikalpaanalternative.org/apply-liberty-film-school-workshop-2018/

कार्यक्रम बारे थप जानकारीको लागि
http://bikalpaanalternative.org/liberty-film-making-workshop-2018/

कमेन्ट गर्नुहोस्