फेरि घट्यो सुनको मूल्य, हेर्नुस् आजको भाऊ

काठमाडौं, पुस २ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।

आइतबार सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भएको थियो भने आज चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्