नेपालले पायो एउटा पक्का हिरो ! (देउडा)

देउडा

सुदूरको पहिचान पन, नेपालको शानपन।
कलाको सम्मान पन, गलाको मानपन !!

सुदूरलाई देश-बिदेश चिनाई, धन्य रवी ओड।
जरुर भए रविजीको, साथ दिन नछोड !!

रवि ओडजी गीतसंगितमा भया, स्वरका धनी।
सबै हामी खुसी भयौ, तिम्रै गितलाई सुनी !!

आएको छ्यो, नेपाल आइडलमा अफर।
अरु सबैपछि पारी, रवि ओड भैगया टपर !!

रवि तिम्रो कलादेखि, सबले भोट दियाउ।
तिम्रै गित सुनी कन, आनन्दपन लियाउ !!

रवि वडलाई जरुर भए, सबैले भोट दिनु।
सबैले सम्मान गरौ, हो सुदूरको चिनु !!

तिम्रो लागि सुदूरपश्चिम, जिन्दाबाद सधाई छ।
म बाट होइ मुरीमुरी लौ, हार्दिक बधाई छ !!

देश-बिदेश कुना काप्चा, चलिजाउ नामना।
तिम्रो यात्रा फलोस् फुलोस्, छ शुभकामना ११

उस्तै पनि नेपालीको, हिमाल जस्तो शिर हो।
नेपालले पाउने भयो, अब पक्कै हिरो !!

देवराज जप्रेल
ठेगानाः बछाङ, दुर्गाथली गाउँपालिका
हालः भारत, व्यङ्लोर

रबिलाई भोट गर्न मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ ।  यो पटक भोटिङ बिहीबार रातिबजेबाट खुल्ला  भएकाे छ र तपाई एक हप्तासम्म भोट गर्न सक्नु हुनेछ ।  देश तथा विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरेर पनि भोट  गर्न सकिन्छ 

कमेन्ट गर्नुहोस्