बसको ठक्करबाट बाँकेमा २ जनाको मृत्यु

राँझा, पुष २ । बाँकेको बैजनाथ गाउँपालिका–५ जिउगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा विद्यालयको बस र मोटरसाइकल ठोक्किँदा सोमबार दुई जनाको मुत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्खेतको लेकबेंसी नगरपालिका–१ का विक्रम गहतराज र सुर्खेतकै गुर्भाकोट नगरपालिका– १२ का मदन सुनार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रवक्ता प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिए ।

सम्झनाचोकतर्फ जाँदै गरेको बालज्योति विद्यालयको बा१क ४४९५ नंको बस र बाँसगढीबाट कोहलपुरतर्फ आउँदै गरेको लु४३प ९५९९ नंको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुवै जनाको उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लैजाँदै गर्दा मृत्यु भएको हो । रासस

कमेन्ट गर्नुहोस्